Pradosh Vrata/International Day against Drug Abuse and Illicit Trafficking | प्रदोष व्रत/अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस | २०७९ असार १२ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2022
    २०७९ असार
    १२
    आइतवार
    Jun 26, 2022
    असार कृष्ण त्रयोदशी
    प्रदोष व्रत/अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस ( Pradosh Vrata/International Day against Drug Abuse and Illicit Trafficking )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस




    अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस विशेष अडियो सामग्री

    कहिले यति किलो वा ग्राम लागू औषधसहित यति जना पक्राउ । लागू औषध गाँजासहित पक्राऊ । अनि कहिले यति जनालाई लागू पदार्थ बनाउँदा बनाउँदै पक्राउ । यस्ता अनगिन्ती समाचारहरू हामीले नेपाल अनि विश्व परिपे्रक्ष्यमा सुन्दै आएका छौँ । हैन र ? आउनुहोस्, यसै परिपक्ष्यमा लागू औषधका सवालमा थप बहस गरौँ ।

    आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस हो । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागू औषधको असर र कारोवारबाट मुक्त गराउनु हो ।

    सन् २०२१ पनि सन् २०२० झैं कोरोना त्रासको त्रासदीमा छ । खोप, ओखती र उपचारको दुविधा एकातर्फ छ भने एक्लोपनाले मानसिक स्वास्थ्यमा आघात पुर्याएर लागू औषधको बढ्दो प्रयोग अर्कातर्फ छ । सन् २०२१ को अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसले औषधिहरूको प्रयोगको अन्यौलता हटाउन र ओखतीहरूको उपयोगको सही जानकारी सबैसामु पुर्याउन भूमिका खेल्ने लक्ष्य राखेको छ ।

    विश्वमा अधिकांश लागू औषधका प्रयोगकर्ता अनि कारोवारीहरू युवा वर्ग संलग्न भएको तथ्यांकहरुले देखाउँछ । यो उमेरमा मानिसहरू अत्यन्त जोखिम अनि तरल अवस्थामा रहने विश्लेषण मनोविज्ञहरूको छ । अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन् युवाहरूलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ ।

    विश्वमा गएको शताव्दीबाट लागू औषधको कारोवार धेरै गुणाले बढेको पाइन्छ । लागू औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० मानिस मर्ने गर्छन् भने यसको प्रयोग गर्ने मानिसहरूको संख्या यकिन गर्न सक्ने अवस्थामै छैन । सन् २००१ मा भारत सरकार अनि अल इण्डिया मेडिकल स्कूलको संयुक्त सर्भेक्षणले करिब ७ करोड २५ लाख मानिस लागू औषध प्रयोग गर्ने पाइएको थियो भने यो संख्या यतिखेर दोब्बर भन्दा धेरै भएको अनुमान छ ।

    खुला सीमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यो समस्याबाट अछुतो छैन । लागू औषध कारोवारले अपराध र अराजकता निम्त्याउने पक्का त छ नै साथै अनेक रोगहरू जस्तै एचआईभी, हेपाटाइटिस लगायतहरू पनि यसै कारणले पनि सर्ने गर्छ ।

    नेपालमा पनि लागू औषधको कारोवार र प्रयोग सन् १९६० पश्चात् हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ । गाँजाको अनाधिकृत खेती र प्रयोग अनि भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्य व्यवस्थाका कारण नेपाल पनि लागू औषधको कार्यभूमि बन्दै आएको देखिन्छ ।

    उता ओखती अनि डाक्टरी कागजको उपयोग गरी लागू औषध किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ, जुन अत्यन्त दुःख लाग्दो सवाल हो । सडक बालबालिकाले ‘डेन्ड्राइट’ नामक सुँघेर नशा लाग्ने तत्वको प्रयोग खुलेयाम गरिरहँदा पनि प्रशासन लगभग मौन देखिन्छ ।

    नेपालका शहरहरूमा व्यवसायिक रूपमै खोलिएका दुव्र्यसन सुधार केन्द्रहरू अनि तिनको व्यवसायिक सफलताले हाम्रो वास्तविक वर्तमान अवस्था बयान गरिहेको छ । आजको यस विशेष दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसमा नेपाली सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदनशील हुँदै हातेमालो गर्नुपर्ने देखिन्छ ।

    लागू औषध सेवनले हिरो हैन जीरो बनाउँछ भन्ने यथार्थ आउँदा नेपाली पुस्तासम्म पुर्याउनु जरुरी छ । चुरोटका ठुटाबाट खोक्दै शुरु गरेको नशायात्रा गएर कहाँ अनि कति पर सकिन्छ थाहा हुँदैन । जीवनमा रस खोजौँ नशामा हैन भन्ने कुराको जानकारी सबैलाई गराउनुपर्ने देखिन्छ । उता नेपालमा कमजोर राज्य व्यवस्थाको उपयोग गर्दै लागू औषध तस्करका ठूलै सञ्जाल सक्रिय रहेको पनि कथाहरु आमसञ्चार माध्यममा छाउँछन् । उनीहरूको सञ्जाल विमानस्थल, भन्सार, सिमा अनि आयात–निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ ।

    सामान्य वैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलासी लिने अनि दुःख दिने सरकार कर्मचारीको नाकैमुनिबाट हजारौँ किलो लागू औषध ल्याइन्छ, तर तिनलाई समात्ने कार्य भएको देखिन्न । आजको दिन हामी सबैले लागू औषधको कारोवार र तस्करकाविरुद्ध एक हुनुपर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालना निम्ति पैरवी गर्नुपर्ने देखिन्छ । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसमा सबैको यतातिर ध्यान जाओस् ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.