Rashtriya Bhukampa Suraksha Diwas | राष्ट्रिय भुकम्प सुरक्षा दिवस | २०८० माघ २ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jan/Feb 2024
    २०८० माघ

    मंगलवार
    Jan 16, 2024
    पुष शुक्ल षष्ठी
    राष्ट्रिय भुकम्प सुरक्षा दिवस ( Rashtriya Bhukampa Suraksha Diwas )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    राष्ट्रिय भूकम्प सुरक्षा दिवस




    राष्ट्रिय भूकम्प सुरक्षा दिवस विशेष अडियो सामग्री

    आजभन्दा ९० वर्ष अगाडिको महा विनाशकारी भूकम्प
    वि.सं. १९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरू लिपिबद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरूको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरू तपाई हामीमध्ये धेरैले हजुरबुवा-हजुरआमा, जिजूबुवा-जिजूआमाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।

    नेपालमा भूकम्पको आवधिक समय
    भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आईनैरहेको छ यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्‍यो । वर्ष ८० मा पनि साना ठुला भूकम्प अनि पराकम्प का साथै जनधनको क्षति पनि भएको पृष्ठभूमि सामना गरिएको छ । यसै वर्ष आएको जाजरकोट भूकम्पको कथा अझै दर्दनाक छ भने विश्वभरि पनि जापान, टर्की, सिरियाका कम्पनहरूको फेहरिस्त र जनधनको क्षति कहालीलाग्दो नै छ ।

    १९९० को भूकम्पबारे स्वर्गीय पुस्ताका केही वयोवृद्ध हजुरआमा अनि हजुरबुवाले सुनाउनुभएका अनुभव यहाँ जस्ताको तस्तै नभए पनि सारांशका रूपमा प्रस्तुत गर्न चाहन्छौ ।

    ९० सालको भूकम्पको कथा

    उक्त दिन अर्थात् आजको मिति माघ २ गते अन्य बेलाभन्दा धेरै चिसो र स्याँठ चलेको थियो, एक्कासि जमिन भित्रबाट कुनै दैत्य निस्कन आटेको जस्तो जमिन चटपटाउन थाल्यो, भीर अनि कान्लाबाट ठुला-ठूला ढुङ्गाहरू झर्न थाले, रातीको समय नभएकोले मेलापात गएका धेरै मान्छेहरू त्यस्ता ढुङ्गा र पहिरोमा परेर बिते । माटाका गार्ह्राले थिचेर घरभित्र धेरैको मृत्यु भयो र भूकम्पले घाइते भएकामध्ये धेरैको समयमै उपचार नपाएर क्रमशः उनीहरूले माटो खाँदै गए।

    माटो खानु अर्थात् मृत्यु हुनु, उति बेला ९० सालमा अहिलेको जस्तो धेरै अस्पताल र सुविधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यु भयो ! धेरै त्यस्ता नदीनाला अनि खहरे खोलाहरूले भूकम्पका कारण आफ्नो बाटो परिवर्तन गरे, कति पानीका मूल सुके भने कति नयाँ मूलहरू रसाएर आए । राणा शासनकालमा भएको त्यो प्राकृतिक अत्याचारको अनि क्षतिको सम्झनास्वरुप हरेक वर्ष माघ २ मा 'राष्ट्रिय भूकम्प सुरक्षा दिवस' मनाइन्छ ।

    भूकम्प एउटा प्राकृतिक प्रकोप हो र यसलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आफैले हामीलाई मार्ने हैन बरु भूकम्प आएपछि हामीहरूले बनाएका घर अनि गार्ह्राहरुले किचेर हाम्रो ज्यान जान्छ । २०७२ सालको महाभूकम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको सङ्ख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएका भौतिक पूर्वाधारहरू जिम्मेवार छन् । टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता अव्यवहारिक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन सक्नुभएन । वास्तवमा समय र परिस्थितिपरक भूँईचालो सम्बन्धी जानकारीहरू अझै नेपालमा प्रवाह गर्न जरुरी छ ।

    २०७२ साल अगाडी नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भूँईचालो केन्द्रित धेरै अध्यनहरुले त्रासदीपूर्ण रिपोर्टहरू दिए तर सयौँ शताब्ददेखि डाँडाकाँडा तथा भीर पाखाहरूमा बसोबास गर्दै आएका नेपालीहरूको विकासको पूर्वाधार र परम्परागत निर्माण शैली उति कमजोर भने छैन तर यसो भन्दैमा धेरै व्यवसायी अनि अत्यन्त जीर्ण भवनहरूमा भूकम्पको बेला बसोबास गर्न भने हुँदैन । व्यापक जग्गा प्लटिङ र पहाडहरूको कटानी र फडानीमा अङ्कुश लगाउन आवश्यक छ ।

    भूँईचालोमा ज्यान गुमाउनुभएको सबैप्रति श्रद्धा सुमन, परिवारजनलाई शोक सामना गर्ने क्षमता प्राप्त होस् । भूँईचालो पीडितहरूले आफ्नो राहत अनि सहयोग सहज प्राप्त गरुन्, वर्षाको पानी र हिउँदको स्याँठ सहजै खप्न सकुन् यसकालागि नियमित सामाजिक सद्भाव र सहयोगी मन सहितको सामाजिक सहकार्य आवश्यक छ
    भूँईचालोबाट सुरक्षित समाज अनि पूर्वाधारहरू आउने पुस्तालाई उपहार दिन पाइयोस् । सुरक्षित निर्माण र सतर्कताका अभियान निरन्तर रहून् ।

    -हाम्रो पात्रोको लागि सुयोग ढकाल 



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.