Singh Sankranti/Shani Pradosh Vrata | सिंह संक्रान्ति/शनि प्रदोष व्रत | २०८१ भदौ १ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Aug/Sep 2024
    २०८१ भदौ

    शनिवार
    Aug 17, 2024
    साउन शुक्ल त्रयोदशी*
    सिंह संक्रान्ति/शनि प्रदोष व्रत ( Singh Sankranti/Shani Pradosh Vrata )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    सिंह संक्रान्ति | शनि प्रदोष व्रत





    संक्रान्ति भनेको के हो ?
    वैशाख, ज्येष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् आज सङ्क्रान्ति । यस अर्थमा एक वर्षमा १२ वटा संक्रान्ति हुन्छ र आजको भाद्र संक्रान्ति लाई सिंह संक्रान्ति पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिंह संक्रान्ति भनिएको हो ।

    सिंह संक्रान्ति
    अब एकतमासको घाम अनि वर्षा पछिको शीतलता अनि थप आर्द्रता सहितको गर्मी सुरु हुने तरखरमा छ, अब घामको ताप र औसत शीतलताले दसैँको आगमनको सङ्केत दिनेछन् र विशेष निलो अनि सफा आकाश खुल्ने भएकोले गर्दा बर्षायामबाट आजित आखाँहरुले नयाँ अनि बद्लिँदो मौसमको फरक दृश्य र फरक दैनिकी महसुस गर्न पाउनेछ । हरेक बिहानका वातावरणले एक खाले चाड वाडको बेग्लै सुगन्ध छर्ने गर्छ । पारिला घामका रापहरू अनि घरी-घरि आकाश कालो-मैलो देखिनुकासाथै धुम्मिल्य आकाशकामुनी हरियालीयुक्त वातावरण अनि सफा चिप्लो बाटोयुक्त वातावरणको अनुभूति अबका केही महिनाका सुखद सङ्केत हुन् ।

    भदौमा आँखा फुटेका गोरुले पनि हरियो नै देख्छु भन्ने उखानले भन्न खोजे झैँ यो महिनाले ओगटेको पर्याप्त पानी तथा हरियाली विशेषता हो । यस दिन भगवान् विष्णु र सूर्यनारायणको विशेष पूजा अर्चना गर्ने गरिन्छ र यस्ता पूजा अर्चनामा रङ्गिविरङ्गि पुष्प, फलफूल अनि नैवेद्यका रूपमा विभिन्न मिठाई आदि चढाइन्छ ।

    लाखौँ नेपाली मनहरूलाई जाँदाजाँदै यो वर्षालाई बिदा गर्दागर्दै अर्को वर्षको बर्खामा यसबर्ष भएका खाल्टाखुल्टी नहुन्, धुलोले आँखा नपोलोस् अनि कहिँकतै ढल या खाल्डामा कोही परेर अप्रिय खबर सुन्न नपरोस्, घामपानीले साथ दिओस् ।

    सूर्य चन्द्रले हामीलाई सदैव सहिमार्गमा निर्दिष्ट गरुन् अनि मेहनत र भाग्यको अनुपम मिश्रण हाम्रो जीवनमा सधैँ कायम होस्, शुभ दिन ।

    शनि प्रदोष व्रत



    प्रदोष भनेको के हो ?

    त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। शनिबारका दिन प्रदोष व्रत परेकाले शनि प्रदोष व्रत भनिएको हो ।

    प्रदोष व्रत कहिले गर्ने ?
    प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।

    प्रदोषमा के नगर्ने ?
    प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

    प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
    पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

    -हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.