Nawami Shraddha/International Day For The Elimination Of Neuclear Weapons | नवमी श्राद्ध/अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस | २०८१ असोज १० | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Sep/Oct 2024
    २०८१ असोज
    १०
    बिहिवार
    Sep 26, 2024
    असोज कृष्ण नवमी
    नवमी श्राद्ध/अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस ( Nawami Shraddha/International Day For The Elimination Of Neuclear Weapons )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    नवमी श्राद्ध | अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस





    नवमी श्राद्ध
    पितृ गायत्री मंत्र
    देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
    यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।

    नवमी श्राद्ध
    सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

    प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

    वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।नवमी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।

    अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस

    संयुक्त राष्ट्र संघका पुर्व महासचिव स्वर्गीय कोफ़ी अन्नानले भन्नु भएको थियो “परमाणु हथियारहरु देखि कुनै एक देशको लागि पैदा भएका खतरा, सबै देशहरुको लागि खतरा मान्नुपर्छ।” विश्वलाई नै परमाणु निषेध बनाउने संयुक्त राष्ट्र संघको सबैभन्दा पुरानो लक्ष्य हो। यो सन् १९४६ मा बसेको राष्ट्रसंघ महासभाको पहिलो संकल्पको विषय पनि बनेको थियो।

    आणविक हतियारहरूको पूर्ण उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, जसलाई आणविक हतियार उन्मूलन दिवस पनि भनिन्छ, संयुक्त राष्ट्र संघले हरेक वर्ष सेप्टेम्बर २६ मा मनाइने अन्तर्राष्ट्रिय उत्सव हो। दिनले आणविक निशस्त्रीकरणको कारणलाई बढावा दिन्छ। यस दिवस सन् २०१३ मा स्थापना भएको थियो।

    यो दिवसले विश्व समुदायलाई प्राथमिकताको रूपमा विश्वव्यापी आणविक निशस्त्रीकरणको लागि आफ्नो प्रतिबद्धता पुन पुष्टि गर्ने अवसर प्रदान गर्दछ। यसले जनतालाई शिक्षित गर्ने अवसर प्रदान गर्दछ र नेतृत्व तहमा त्यस्ता हतियारहरू हटाउनका वास्तविक फाइदाहरू, र तिनीहरूलाई कायम राख्नको सामाजिक र आर्थिक लागतहरूको बारेमा पनि चेतना दिने काम गर्दछ ।

    यस दिवसको अर्थपूर्ण शुभकामना ।

    -हाम्रो पात्रोका लागि सुयोग ढकाल




    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.