संगीत वा कलाको क्षेत्रमा आफन्तहरूको साथ मिल्नाले मन प्रसन्न र आनन्दित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट सफलता प्राप्त हुनेछ। आर्थिक स्थिति सन्तोषजनक रहनुका साथै प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

World Day for Safety and Health at Work
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज अर्थात २८ अप्रिल सन् २०२५ मा बिश्व श्रम संगठन आइएलओको आव्हानमा श्रम र सुरक्षा समबन्धी बिश्वभरिका साझेदारहरुको संलग्नतामा काममा सुरक्षा र स्वास्थका बिश्वव्यापी दिवस "Revolutionizing health and safety: the role of AI and digitalization at work" भन्ने नाराका साथ मनाइदै छ । वर्ष २०२५ चाँही डिजिटल कार्य वातावरणमा स्वास्थ्य र सुरक्षामा विशेष केन्द्रित छ ।
यसले आधारभूत महासन्धि नं। १५५ र नम्बर १८७ को विभिन्न प्रावधानहरूको कार्यान्वयन स्थितिमा अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गर्न पनि पैरवी गरिँदै छ । स्मरण रहोस् सालल २०२२ को जुन महिनामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलन ले आइएलओ को आधारभूत सिद्धान्त र काममा अधिकारहरूको ढाँचामा सुरक्षित र स्वस्थ काम गर्ने वातावरणू समावेश गर्ने निर्णय गरेको थियो ।

के तपाईंको कार्यस्थलमा आपतकालीन सुरक्षाको पूर्वतयारी छ?
सुरक्षित र स्वस्थ कार्यस्थलले कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने मात्र होइन, यसले चोटपटक र बिमारीको दर कम गर्न, कामदारहरुको अनुपस्थिती र काम नै छाडेर जाने अवस्था हटाउन, उत्पादकत्व र गुणस्तर बढाउन र कर्मचारीको मनोबल बढाउन सक्छ। अर्को शब्दमा, काममा सुरक्षा ब्यवसायका लागि राम्रो हुन्छ किनभने श्रमीकहरु बिना कुनै पनि ब्यवसायको भिवष्य छैन ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल


