आउँदा दिनहरु
-
१७वैशाख
-
१८वैशाख
-
२०वैशाख
-
२२वैशाखमंगलचौथी व्रत ५ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ७ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ८ दिन पछि
-
२६वैशाखकानून दिवस/गोरखकाली पूजा ९ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस ११ दिन पछि
-
२९वैशाखअन्तर्राष्ट्रिय नर्स दिवस १२ दिन पछि
-
३०वैशाखअपरा एकादशी व्रत १३ दिन पछि
-
३१वैशाखप्रदोष व्रत १४ दिन पछि
-
१जेठ
-
२जेठबटसावित्री व्रत/शनि जयन्ती १६ दिन पछि
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २२ दिन पछि
-
१०जेठगोरखकाली पूजा २४ दिन पछि
-
१२जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति २६ दिन पछि
-
१३जेठपद्मिनी एकादशी व्रत २७ दिन पछि
-
१४जेठप्रदोष व्रत २८ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/सगरमाथा दिवस २९ दिन पछि
-
१७जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३१ दिन पछि
-
१८जेठविश्व बुवाआमा दिवस ३२ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ३६ दिन पछि
-
२४जेठरविसप्तमी व्रत ३८ दिन पछि
-
२५जेठगोरखकाली पूजा ३९ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत ४२ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस ४३ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४५ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४७ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४८ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस ५१ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी ५३ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ५४ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत ५८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
जेठ कृष्ण एकादशी
अपरा एकादशी व्रत
विशेष अडियो सामग्री
अपरा एकादशीको महिमा
अपरा एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशीलाई भगवान् श्री विष्णुको नाममा समर्पण गर्ने हार्दिक इच्छा छ । दीर्घ स्वास्थ्य अनि आनन्दमय जीवनको स्थपानार्थ वैदिक कालदेखि नै यो एकादशीको महिमा अपरम्पार मानिँदै आएको छ ।
अपरा एकादशीको महिमा स्वयं भगवान् श्री कृष्णले युधिष्ठिरलाई ब्रह्माण्ड पुराणमा बताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकादशीमा प्रस्तुत गर्ने जमर्को छ । एक दिन युधिष्ठिरले जनार्दनलाई सोध्छन्, ‘ज्येष्ठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो रु’ यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सार–संक्षेपमा बुझाउन युधिष्ठिरले श्रीकृष्णसँग आग्रह गर्छन् ।
अपरा एकादशी व्रत कथा
श्रीकृष्णले बडो आदर अनि प्रेमका साथ उजागर गर्छन्, ‘राजा तपाईँले राम्रो प्रश्न सोध्नुभयो, यस प्रश्नको उत्तरले समग्र मानव समाजलाई नै कल्याण गर्नेछ । यस एकादशीको काव्यात्मक रस, भक्ति प्रसङ्ग अनि पावन कृपाले समग्र मानव जगको कल्याण हुनेछ ।’
कृष्णजीले थप्दै थपे, ‘हे राजन, ज्येष्ठ महिनाको यस पावन एकादशी अपरा एकादशी हो । यस एकादशीमा व्रत बसेर महिमा गर्ने भक्त विश्वमै विख्यात हुनेछन् । गौहत्या, ब्राह्मण हत्या, भ्रूणहत्या या परस्त्री गमन जस्ता महापाप पनि यस एकादशीको व्रत र भक्ति अनि प्रायश्चित गर्नाले कट्नेछ । ब्राह्मणको वास्तविक अर्थ कुनै जात, धर्म या थरसँग सम्बन्धित नभईकन ज्ञान प्राप्तिका लागि परेका सबैलाई ब्राह्मण श्रेणीमा गणना गरिएको सार अवगत गराउन चाह्यौँ ।’
श्री कृष्ण आज्ञा गर्नुहुन्छ, ‘हे राजन, ती व्यक्तिहरू जसले लगत बयान दिन्छन्, सत्यको पक्षमा नलागी असत्यका लागि षडयन्त्र गर्छन् तिनीहरू अत्यन्त पापी ठहरिन्छन् । वेद गलत व्याख्या गर्ने या पढ्ने, आफ्नो कर्तव्य नगर्ने, अरूलाई ठग्ने, खराब पेसा गर्नेहरू सबै महा पापी हुन् ।’
श्रीकृष्ण भन्नुहुन्छ, ‘यी सबै महापापीहरूले आफ्नो पापको प्रायश्चित गर्न यस एकादशीमा भक्ति भाव अनि हरिको शरण परेमा पाप मोचन हुन सक्नेछ ।’
अपारको अर्थ हो, अनन्त या सीमा नभएको, यस एकादशीको महिमा अनि फल अपार भएकाले नै यस संज्ञा प्रयोग गरिएको हो । यस एकादशीको विभिन्न अन्य नामहरू पनि छन्, जस्तै जलक्रीडा एकादशी, भद्रकाली एकादशी इत्यादि ।
अपरा एकादशीमा के के गर्ने ?
बिहान उठेर सूर्योदय अगावै स्नान गर्ने, भगवान् विष्णुलाई तुलसीको पात, धूप अनि बत्ती बाल्ने, भगवान् विष्णुका मन्दिर दर्शन गर्ने, मन्दिर परिसर या घरमा सबै जना मिलेर वाचकको मुखारबिन्दबाट अपरा एकादशी महात्मै श्रवण गर्ने गरिन्छ ।
व्रतालुहरूले फलाहार मात्र सेवन गर्ने या कहीँ कतै निर्जलसम्म पनि व्रत लिने गरिएको पाइन्छ । तथापि एकादशी महत्मयको श्रवणपश्चात् फलाहारका रूपमा कन्दमूल ग्रहण गर्न उचित मानिन्छ । यस एकादशीमा अन्न सेवन अनि शरीरमा तेलको प्रयोग नगर्न सल्लाह दिइन्छ । यी सबै कुराहरूको वैज्ञानिक महत्त्व पनि उत्तिकै छ ।
स्मरण रहोस्, एकादशी व्रतमा खानाको मात्र नियन्त्रण भई नकारात्मक सोच र तनावको नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी भएको विश्वास गरिन्छ । विष्णु सहस्त्रानामको पाठ एकादशीमा अपरिहार्य मानिन्छ । भजन कीर्तन अनि पवित्रताको साथै भक्ति भावको सामीप्ययतामा यस एकादशी गुज्रियोस् ।
यस एकादशीको अनुग्रह सबैमा रहोस् ।
चित्तधर हृदय जन्म जयन्ती
चित्तधर हृदय जन्म जयन्ती
विशेष अडियो सामग्री
न्यु बौद्धिक आन्दोलनका अगुवाका रुपमा चित्तधर हृदय को परिचय
चित्तधर हृदय नेपाली साहित्यका एक प्रख्यात लेखक, कवि तथा 'न्यु भासा' (नेपाल भाषा/नेवारी) मा लेखन गर्ने एक महत्वपूर्ण व्यक्तित्व हुन्। उहाँको लेखनी विशेषगरी नेपाल भाषामा केन्द्रित भए पनि उहाँले नेपाली भाषामा पनि केही रचनाहरू गरेका छन्। उहाँलाई विशेषगरी न्यु बौद्धिक आन्दोलनका अगुवाका रूपमा पनि चिनिन्छ।
चित्तधरको जन्म १९६२ साल जेठ ५ गते काठमाडौँको रक्तकालीमा भएको थियो । उनका बुबा द्रव्यधर तुलाधर साहु र आमा ज्ञानलक्ष्मी गृहिणी थिइन् ।चित्तधरलाई राणा सरकारले उनको कृतिका लागि भनेर १९९७ सालमा जेल हाले । स्वतन्त्र अनि स्वछन्द लेखन र बिम्बहरुको प्रयोगले जादु चलाउन सक्ने चित्तधर लाई राणहरुले आँखाको तारो मानेका थिए । । चित्तधर २००२ सालमा कालो कोठरीको जेलमुक्त भए । त्यसै बेलादेखि यिनले दाह्री पाले । अनि यिनको परिचय नै यही दाह्री भयो । तर यिनले राजा त्रिभुवन र महेन्द्रको निधन तथा आफ्नी पत्नीको निधनमा मात्रै कपाल र दाह्रीजुङ्गा काटेका थिए ।चित्तधरको बिहे भाजुरत्न कन्साकार र ज्ञानमाया कन्साकारकी छोरी ज्ञानप्रभासँग भएको थियो । त्यस बेला यी १४ वर्ष यिनकी पत्नी १२ वर्षी थिइन् । तर यी दम्पतीबाट सन्तान भएनन् ।
चित्तधर हृदयको चर्चित साइकल पसल
चित्तधरले व्यापारलाई आफ्नो पेसा बनाए । उनले आफ्ना मामा मानदास तुलाधरसँग मिलेर भोटाहिटीको कमलाछीमा साइकल पसल थापे । त्यस पसलको नाउँ "ुमानदास चित्तधरको साइकल पसल" थियो । यिनले यसै पसलबाट किताबहरू पनि बेच्थे । त्यति बेला त्यो पसल निक्कै चल्तीको थियो । त्यस पसलमा धेरै साहित्यकारले आफ्नो पत्राचारको ठेगाना पनि दिन्थे । पं. सोमनाथ सिग्देलले पनि आफ्नो पत्राचारको टुङ्गो त्यही दिएका थिए ।
चित्तधर हृदय का सृजनाहरु
चित्तधरले ३३ वटा पुस्तक लेखे । ती नेपाल भाषामा नै आधारित थिए । उनको एकनिष्ठ लेखन, अविरल सृजना र अनवरत साधनाका कारण राजा महेन्द्रले उनलाई २०१३ सालमा "कविकेशरी" को उपाधि दिए । फणिन्द्ररत्न बज्राचार्यका अनुसार उनलाई च्वसापासाबाट साहित्य शिरोमणि पनि प्रदान गरिएको थियो ।चित्तधरले विभिन्न नाउँबाट साहित्य सृजना गरे । कहिले यिनले बुद्धोपासक चित्तधर भएर लेखे र कहिले चित्तधर उपासक भएर पनि लेखे । यिनले चित्त, हृदय, रूप रत्न उपासक, हृददर्शन उपासक, धर्मवीर, मनमाया र बुद्धिबज्र बज्राचार्य भएर पनि लेखे । वास्तवमा यिनैको प्रेरणाले सिद्धिचरण श्रेष्ठदेखि धर्मरत्न यमीसम्मले मातृभाषामा कविता लेख्न थाले । साथै यिनकै प्रेरणाले केदारमान व्यथित पनि कवि भएका थिए ।
चित्तधरले निजी अध्ययनबाट शिक्षा आर्जन गरे । यिनले कन्यामन्दिर हाइस्कुललगायत विभिन्न शिक्षण संस्थामा पढाए । उनी समाजसेवामा समर्पित थिए । तर साहित्य, शिक्षा र भाषासेवामा उनको मन झट्टै फूर्थ्ये। त्यही कारणले नेपाल भाषापरिषद्को स्थापनामा उनको गुरुत्तर भूमिका थियो । उनी त्यस संस्थाका सचिव, अध्यक्ष र संरक्षकसम्म भए । साथै उनी त्रिभुवन स्मारक समिति र नेपाल चीन सांस्कृतिक परिषद्को उपाध्यक्ष थिए । उनी "झी" मासिक पत्रिकाको पनि संरक्षक थिए । साथै कोलकात्ता नेपाल भाषा साहित्य गोष्ठीको संस्थापक पनि उनै थिए ।चित्तधर नेपाल भाषाका पहिलो गद्य कवि थिए । उनले महाकाव्य, खण्डकाव्य, गीत, कथा, निबन्ध प्रबन्ध, उपन्यास, नाटक, बाल साहित्य, समालोचना र आत्मकथा लेखे । उनी अन्वेषक र सम्पादकका रूपमा पनि चिनिन्थे । उनी प्रकाशक र अनुवादक पनि थिए ।
मनका धनी कवि चित्तधर हृदय
चित्तधर दान दिने कुरामा पनि अग्रसर थिए । उनले आनन्द कुटी पुस्तकालयलाई उनका सङ्ग्रहमा भएका झन्नै एक सय वटा बहुमूल्य किताब दिए । उनले नेपाल भाषा परिषद्लाई आफ्नो जग्गा नै बेचेर नगद दिए । स्वयम्भू विकास मण्डललाई सुनको देउता चढाउने पनि उनै थिए । साथै नेपाल भाषा मङ्का खलःलाई विजेश्वरीको झन्नै एक रोपनी जग्गा पनि उनैले दिएका हुन् । उनी नेपाली सांस्कृतिक मण्डलको उपनेता भएर भारत, चीन र बर्मा पनि गएका थिए ।
२०२८ सालमा काठमाडौँमा भाषण गर्दागर्दै चित्तधरलाई पक्षघात भयो । त्यसपछिको ११ वर्षसम्मको कष्टमय यात्रापछि अर्थात् २०३९ साल जेठ २६ गते हृदयाघातका कारण उनको मृत्यु भएको हो । चित्तधर दिवङ्गत भएको १० वर्षपछि उनको मुहार अङ्कित हुलाक टिकट निक्ल्यो । उनका नाउँमा विभिन्न गुठी र पुरस्कारका स्थापना पनि भइरहे । उनैको सम्मानमा पाँच सय रुपियाँको चाँदीको सिक्का पनि निक्ल्यो । साथै कालीमाटी काठमाडौँमा उनको सालिक पनि निर्माण भयो । उनी नेपाली संस्कृतिका धरोहर हुन ।
युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
विशेष अडियो सामग्री
११३ वर्षअघि फर्केर हेर्दा
बि सं १९६९ मा लान चाह्यौं आज, पूर्वी नेपालको ओखलढुगां मा । लगभग आजभन्दा ११० वर्षअघि नेपाली साहित्यका मुर्धन्य व्यक्ति युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भएको हो । हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ, हुन त गतेका हिसाबले जेष्ठ ९ मा युगकवि को जन्मजयन्ती पर्ने हो तर यसवर्षको मलमासका कारणले तिथी सरेर असार ४ मा पर्न गएको छ । यस वर्षको जेष्ठ शुक्ल पञ्चमीका दिन पर्न गएको युगकवि को जन्मजयन्तीको चर्चा गर्न चाह्यौं । कवि श्रेष्ठका कविताहरु आज पनि उत्तिकै सान्दर्भिक छन्, त्यसैले नै वहाँलाई युगकवि भनिएको हुनपर्दछ । शुरु गर्न चाह्यौं वहाँका केही नसुनिएका कविताहरु संगै ।
पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो
“त्यो माछालाई समात्छुस”
आकाशसित गई जोड लगायो
त्यो चरालाई पक्रन्छुस
महाकालसित गई बिन्ति चढायो
समयलाई म रोक्छु ।
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।
कति घुमाउरो तर कति गज्जबको भाव छ यो कवितामा, एउटा व्यक्तिको मनोभाव छर्लग्ग उतारिएको जस्तो । कसले भन्छ कि यो कविताले यतिधेरै बसन्त तय गरेको छ भनेंर ? सिद्धिचरणका पाला देखि अबका हजारौं वर्ष सम्म पनि मानवमा यस्ता मनोभाव आइनैरहन्छन् अनि याद आइनैरहनेछन्, कवि सिद्धिचरण श्रेष्ठ । यस कविताको अन्तमा आँउदछ, अनि ती दुवैको बिहे भयो भनेंर, कति मिठो सरलता छ मनोभावको निष्कर्षमा, बिहे त केवल एउटा बिम्ब न हो ।
सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरुको जन्मस्थलको एउटा थेगो गान नै भएको छ । कविताको भावमा डुबेर छन्दहरु हुनु र नहुनुमा खासै फरक नपर्ने गरि मर्महरु थप्दै नारायण गोपालले दुरुस्तै गाएका छन्, यस कवितालाई गीतमा । ओखलढुगां र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुगां र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको संझनामा सिद्धिचरण राजमार्गका रुपमा नामाकृत गरिएको छ । भाग्यको लहरामा लहरिकन आफ्नो जन्मस्थान छाडेर अन्यत्र आएका नेपालीहरुको बेथाको समभाव छ यस कवितामा ।
पिता विष्णुचरण र माता नीर कुमारी श्रेष्ठमा पुत्र सिद्धिचरणका भने ९ जना सन्तानहरु थिए । प्रथम पुत्र विश्वको ४ वर्षको उमेरमा नै मृत्यू भएपछि उन्ले आफ्ना पुत्रशोकको पीडालाई विश्व बेथा कृतीमा छताछुुल्ल पारेका छन् । यी महान कविले १३ वर्षको कलिलो उमेरमा नै कविता कोर्न थालेका थिए, बिसं १९९० को बिनाशकारी भुकम्प पश्चात उनले भुकम्पको कहालीहरुलाई बटुलेर भुइचाला नामक कविता संग्रह लेखेका थिए ।
नेपाली अनि नेवारी दुबै भाषामा उनका कविताहरु पाइन्छ, दुबै भाषाका प्रखर ज्ञान भएका युगकवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरुमा समाजको बास्तविक चित्रण गर्न र सुधारवादी धारहरु ल्याउन तल्लिन देखिन्छन् । उन्का कवितामा सबैको भलो होस् र जय होस् भन्ने भावहरु पाइन्छ, वसुधैव कुटुम्बकम लाई यिनका कविता जति कस्ले पो चित्रण गर्न सक्लान र? शायद यस कविता भनें उनले स्वतन्त्रताको घोतकका रुपमा लेखेका हुनपर्दछ ।
बहुला
आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।
मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छुस
पेट छ खान पाऊँ भन्छु,
नाङ्गो भएर कोही नहिँडोस् भन्छुस
आवाज कानले सुन्न पाओस् भन्छुस
बिचारलाई बोलीमा उतार्न पाओस् भन्छुस
यत्तिकैमा पनि तिनीहरू
मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।
बहुलापनामा उनको स्वतन्त्रता, देशमोह अनि प्रजातान्त्रीक अभिव्यक्तिको स्वाद छ, राणा शाषन ढलेपछिको उनको उो कविता पनि नपस्कि बस्नै सकिएन्, कविताको शिर्षक हो, बा आउनुभएन् ।
पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनु भइरहेछ,
बा आउनु भएको छैन ।
युग बद्लिसक्यो,
राणा ढलिसक्यो,
भन्दछ जंजीर टुटिसक्यो,
उनका कविताहरुमा सचेतना पाइन्छ, असमानता प्रतिका प्रसस्तै झटाराहरु उनले हानेका छन् । कविताहरु पढदै जाँदा त यी समाजसुधारक योद्धा झैं भान हुन्छन्, आफ्ना कलमले बहुआयामीक प्रगतिका कुराहरु उठाएका छन्, समृद्धि अनि सुधारका कुराहरु कुँदेका छन् ।
आफ्ना बिचारहरु अनि स्वतन्त्रता उन्मुख धारहरुका लागि उनलाई जहाँनिया राणा शाषकहरुले १८ वर्षको कारावास पनि तोकेका हुन् । आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शाषकहरुले १८ वर्ष जेल तोको थिए । एकजमाना थियो जब कवि श्रेष्ठका कविताहरुका हरेक शब्द शब्द तौलिने गर्दथे क्रान्ति बिरोधी शाषकहरु । वर्षा शीर्षक कवितामा क्रान्तिबिना थन दैमखु स्वच्छ शान्ति अर्थात् 'क्रान्तिबिना यहाँ हुँदैन स्वच्छ शान्ति' भन्ने पंक्ति परेको थियो।
पिताको किरियामा समेत उनलाई जेलनेलवाट मुक्त गरिएन्, भनिन्छ नेपाली राजनैतिक नक्षत्रका महान योद्धाहरु पनि जेलमा सिद्धिचरण संगै राखिएका थिए। तीनै मध्य गणेशमान सिंहले त धेरै पटक औपचारीक अनि अनौपचारीक भेटघाट र वक्तब्यमा समेत कवि श्रेष्ठको कविताको प्रेरणा अनि व्यक्तित्वको प्रशंसा गरेका थिए । हुक्काका सौखिन कवि श्रेष्ठलाई आफन्तहरुले काजी दाई भनेर संबोधन गर्दथे । शारदा पत्रिका, गोरखापत्र, दैनिक आवाज अनि कविता पत्रिकामा समेत कार्य गरेका थिए यि कविले । उतिखेर गोरखापत्र हप्तामा केवल २ पटक प्रकाशन गरिन्थ्यो भनें दैनिक आवाज र कविताका त यी सम्पादक नै थिए ।
युगकविले धार्मीक आस्थाका बिषयमा देवीघाट विषयक कविता पनि लेखेका छन्। यिनका कृतीहरुमा बिर्सन नसकिने केही नेपाली अनि नेपाल भाषाका कृतीहरुको नाम प्रस्तुत गर्न चाहन्छौं । नेपाली भाषामा भने उर्बसी, मेरो प्रतिबीम्ब, आँशु, कोपिला, विश्व बेथा, मगंल मान, जुनकिरी, कुहिरो र घाम, बाचीरहेको आवाज, ज्यानमारा सैल, तिरीमिरीतन्त्र, वाली, भिमसेन थापा, युद्ध र शान्ति, आत्मा बिलौना, सिद्धिचरणका प्रतिनीधी कविता र सिद्धिचरणका जेल संझना पर्दछन् । नेवा भाषामा भने लुम्बीनी, तृष्णा, फुस्वाँ, सिस्वाँ, ग्वयस्वाँ, मुस्वाँ, सिद्धिचरण निवन्ध संग्रह र घाम आदि पर्दछन् ।
हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ,
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ १
गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,
निभ्न खातिर पिलिपिलि गर्छ नाम जसको जिएको ।
उल्लेखित बिचार कवि श्रेष्ठका आफ्नै शव्दहरु साभार गरिएको हो, शायद हिजो थिएन कवि सिद्धिचरण तर अबका दिनमा सधै हुनेछ र रहिरहनेछ आफ्ना कृती अनि शव्दमार्फत । कहिले हुलाक टिकट त कहिले सालिकमा सिद्धिचरण मुस्काइरहेको नेपालका धेरै ठाँउमा पाइन्छ, ओखलढुगांको गाम्नाटारमा यिनको नाममा हाईस्कुलनै स्थापना गरिएको छ । यूगलाई कवितामार्फत संबोधन गरेका यूगकविको मृत्यू भने बि सं २०४९ सालमा भएको हो । हरेक वर्ष जेष्ठ महिनाको ९ गते यिनै कविको जयन्ती मनाइन्छ, यस वर्ष पनि कवि श्रेष्ठलाई संझना अनि साधुवाद।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१७वैशाख
-
१८वैशाख
-
२०वैशाख
-
२२वैशाखमंगलचौथी व्रत ५ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ७ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ८ दिन पछि
-
२६वैशाखकानून दिवस/गोरखकाली पूजा ९ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस ११ दिन पछि
-
२९वैशाखअन्तर्राष्ट्रिय नर्स दिवस १२ दिन पछि
-
३०वैशाखअपरा एकादशी व्रत १३ दिन पछि
-
३१वैशाखप्रदोष व्रत १४ दिन पछि
-
१जेठ
-
२जेठबटसावित्री व्रत/शनि जयन्ती १६ दिन पछि
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २२ दिन पछि
-
१०जेठगोरखकाली पूजा २४ दिन पछि
-
१२जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति २६ दिन पछि
-
१३जेठपद्मिनी एकादशी व्रत २७ दिन पछि
-
१४जेठप्रदोष व्रत २८ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/सगरमाथा दिवस २९ दिन पछि
-
१७जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३१ दिन पछि
-
१८जेठविश्व बुवाआमा दिवस ३२ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ३६ दिन पछि
-
२४जेठरविसप्तमी व्रत ३८ दिन पछि
-
२५जेठगोरखकाली पूजा ३९ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत ४२ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस ४३ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४५ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४७ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४८ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस ५१ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी ५३ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ५४ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत ५८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन