Dashain Holiday/Shani Pradosh Vrata/World Animal Day | दशैं विदा/शनि प्रदोष व्रत/विश्व पशु दिवस | २०८२ असोज १८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Sep/Oct 2025
    २०८२ असोज
    १८
    शनिवार
    Oct 04, 2025
    असोज शुक्ल द्वादशी
    दशैं विदा/शनि प्रदोष व्रत/विश्व पशु दिवस ( Dashain Holiday/Shani Pradosh Vrata/World Animal Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    दशैं विदा

    दशमी पछिको टिका लगाउने चलन

    मुख्यतया दशमीका दिनको टिकालाई विशेष मानिन्छ । तर परपर भएका माइती मावलीहरूमा दशमीका दिन नै टिका भ्याउन नसक्ने परिवेशलाई ध्यानमा राखेर पूर्णिमाका दिनसम्म टिका र जमरा लगाइदिने चलन स्थापना भएको हो ।


    दशमीका दिन देखि पूर्णिमा सम्म टिका लगाउनेको लर्को चलिनै रहन्छ । यद्यपि दसै को बिदा भने सामान्यतया द्वादशीसम्म दिने चलन छ ।


    आशा छ यसपालि को दसै बडो रमाइलो भयो होला ।

    शनि प्रदोष व्रत

    प्रदोष भनेको के हो ?

    त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। शनिबारका दिन प्रदोष व्रत परेकाले शनि प्रदोष व्रत भनिएको हो ।

    शनि प्रदोष व्रत मन्त्र

    शनि प्रदोष व्रत भगवान् शिव र शनिदेवलाई समर्पित एक पवित्र दिन हो। यस दिन शिवजी र शनिदेवको पूजा र मन्त्र जपले शुभ फल प्रदान गर्दछ।


    शिवजीको प्रदोष व्रत मन्त्र


    ॐ त्र्यंबकम् यजामहे सुगन्धिं पुष्टिवर्धनम्।

    उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥

    प्रदोष व्रत कहिले गर्ने ?

    प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।


    प्रदोषमा के नगर्ने ?

    प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।


    प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?

    पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

    विश्व पशु दिवस

    विश्व पशु दिवसको पृष्ठभूमि

    सन् १९२५ अर्थात्त लगभग ९४ बर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले बिश्वमै प्रथम जनावर दिवस मनाएक हुन् । सन् १९२९ बाट औपचारीक रुपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा ईटालियन संत फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यि सन्तलाई ११ औं शताब्दीवाट अहिलेसम्म पर्यायवरण र जनावर मैत्रि समाजका प्रवर्तक र प्रचारक का रुपमा चिनिन्छ ।


    हरेक बर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर संगको मानविय दायित्व र समबन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मी हरु एकै थलोमा भेला हुने गर्दछन् ।

    विश्व पशु दिवसले पशु कल्याण आन्दोलनलाई एकताबद्ध गर्दछ, यसलाई विश्वलाई सबै जनावरहरूको लागि राम्रो ठाउँ बनाउन विश्वव्यापी शक्तिमा परिचालन गर्दछ।कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाड हरुले त जनावरको यस बिश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषीत गरिदिएको छ । हामीमध्य हरेक मान्छेले जनावरहरुको संसारलाई कृही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्रि हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ ।


    यस दिवसको हार्दिक शुभकामना ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.