
तृतीया श्राद्ध
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस्
तृतीया श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना
सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृपक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गबीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना । सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौं, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।


विश्व मुटु दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।
ल है ! आफ्नो मुटुलाई छामौँ र बिचार गरौँ कत्तिको मुटुमैत्री जीवनशैली हामीले अपनाएका छौँ रु हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि बिचार गरौँ, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त ।




संगीत वा कलाको क्षेत्रमा आफन्तहरूको साथ मिल्नाले मन प्रसन्न र आनन्दित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट सफलता प्राप्त हुनेछ। आर्थिक स्थिति सन्तोषजनक रहनुका साथै प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।