१४ वटा आणविक रिएक्टर प्रतिस्थापन गर्ने जापानको योजना
gorkhapatraonline.com · Fri Jun 05 10:16:44 GMT 2026

जापानले सन् २०५० सम्म पुराना १४ आणविक रिएक्टर प्रतिस्थापन गर्ने लक्ष्य अघि सारेको छ । स्थानीय मिडिया रिपोर्टअनुसार ऊर्जा माग तीव्ररूपमा बढ्दै गएपछि टोकियोले आणविक ऊर्जामा निर्भरता पुनः विस्तार गर्ने रणनीति अघि बढाएको हो ।
विशेष गरी कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर र सेमिकन्डक्टर उद्योगको विस्तारसँगै विद्युत् माग उच्च हुँदै गएको अवस्थामा पर्याप्त ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकारले यो योजना बनाएको जनाइएको छ । उद्योग मन्त्रालयले तयार पारेको योजनाअन्तर्गत सन् २०४० सम्म पाँच रिएक्टर र सन् २०५० सम्म कुल १४ रिएक्टर प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)