मदन भण्डारीका विचारको समयअनुकूल प्रयोग आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी
gorkhapatraonline.com · Sat May 23 11:06:36 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरूको समयअनुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मदन भण्डारीका विचारहरू वर्तमान नेपाली राजनीतिमा अत्यावश्यक रहेको बताउनुभएको हो । उहाँले भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाको काँधमा आएको उल्लेख गर्नुभयो । छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उहाँले प्रस्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)