भारतीय पर्यटक लोभ्याइरहेको बन्जीजम्प
nepalviews.com · Wed Jul 08 08:09:43 GMT 2026

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बन्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बन्जी नेपालले सञ्चालनमा ल्याएको बन्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।
गत जेठमा ५०० जनाले बन्जीजम्प गरेकामा त्यसमध्ये ५० प्रतिशत सहासिक भारतीय पर्यटक रहेको बन्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिए । एकै महिनामा कम्पनीले त्यसबाट रु ३७ लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)