फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै
nepalsamaya.com · Sun May 24 16:22:40 GMT 2026
कास्की। देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा राष्ट्रियस्तरको खुला डुङ्गा दौड प्रतियोगिता हुने भएको छ।
फेवा डुङ्गा व्यवसायी सङ्गठनको आयोजनामा यही जेठ १८ गते तेस्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुङ्गा दौड प्रतियोगिता हुन लागेको हो। सङ्गठनका अध्यक्ष वलराम गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्राउन र यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता गर्न लागिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)