बोधि संवाद दोस्रो दिन : एफडीआईदेखि एआई, ऊर्जा र श्रम बजारसम्म आर्थिक रूपान्तरणमा बहस
nepalviews.com · Wed Jun 17 14:15:26 GMT 2026

काठमाडौं । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (CESIF) ले आयोजना गरेको ‘बोधि संवाद’ को दोस्रो दिन नेपालको आर्थिक सम्भावना साकार पार्न आवश्यक क्षेत्रगत सुधार र कार्यान्वयनमुखी रणनीतिमाथि गहन छलफल भएको छ ।
होटल रोयल ट्युलिप काठमाडौंमा बुधबार आयोजित दोस्रो दिनको कार्यक्रममा चारवटा विषयगत प्यानल छलफल र नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का आवासीय प्रतिनिधि प्रणव कुमार गुप्ताको विशेष सम्बोधन रहेको थियो । छलफलमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्ने, युवाको वैदेशिक पलायन रोक्ने, ठूला ऊर्जा परियोजनामा लगानी जुटाउने तथा नेपाललाई डिजिटल प्रतिस्पर्धामा अघि बढाउने विषय केन्द्रमा रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)