कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग
baahrakhari.com · Thu Jul 09 12:44:00 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देवचुली नगरपालिका– १५, नवलपरासी स्थित श्री जनज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षास्थल निर्माणमा सहयोग गरेको छ । साथै बैंकले अन्य शैक्षिक सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।
बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)