भक्तपुरमा तीन साहित्यिक कृति सार्वजनिक
gorkhapatraonline.com · Mon May 25 08:38:07 GMT 2026

विराट् नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरले आइतबार एक विशेष कार्यक्रमका बिच तीन वटा साहित्यिक कृति प्रकाशन गर्नुका साथै सार्वजनिक गरेको छ।
गुथिका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकारद्वय प्रमुख अतिथि डा. योगेन्द्र प्रधान, नरेन्द्र हाडा र समीक्षक पूर्ण ताम्राकारले संयुक्त रूपमा ती कृतिहरूको विमोचन गर्नुभएको हो। सार्वजनिक गरिएका कृतिहरूमा स्व. त्रिरत्न शाक्यको ‘न्ह्योलं पाचिने मफुगु विश्वास’ (कविता सङ्ग्रहको दोस्रो संस्करण), कृष्णभक्त बोडेको ‘बाखँया दुवासा’ (लघुकथा सङ्ग्रह) र प्रदीप शाक्यको पहिलो कृति ‘खाइककःचा’ (हाइकु सङ्ग्रह) रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)