प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित
baahrakhari.com · Tue May 26 09:37:03 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबार (जेठ १२) दिउँसो १५ मिनेटका निम्ति स्थगन गरिएको छ । सदनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरेपछि बैठक स्थगन गरिएको हो ।
विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै संसद्को काम–कारबाही अघि बढाएका थिए । र, ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमा छलफल जारी थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)