मेस्सीका बुबाको निधन भएको हल्ला गलत, स्वास्थ्य अवस्था सुधारोन्मुख
kalakarmi.com · Fri Jun 19 07:18:49 GMT 2026
ब्युनस आयर्स, अर्जेन्टिना– विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीका जर्ज मेस्सीको निधन भएको भन्ने सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा फैलिएको हल्ला निराधार रहेको पुष्टि भएको छ । मेस्सी परिवारले जारी गरेको आधिकारिक वक्तव्यमा जर्ज मेस्सी जीवित रहेको, स्वास्थ्य समस्याका कारण चिकित्सकीय निगरानीमा उपचाररत रहेको तथा उहाँको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको जानकारी दिएको छ ।
हालै सम्पन्न फुटबल प्रतियोगिताका क्रममा अर्जेन्टिनाको खेलपछि लियोनेल मेस्सी भावुक देखिएको दृश्य सार्वजनिक भएपछि उनका बुबाको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी प्रारम्भ भएका थिए । त्यसपछि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा जर्ज मेस्सीको निधन भएको दावी गर्दै अपुष्ट समाचार र पोस्टहरू तीव्र रूपमा फैलिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)