कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटकको आकर्षण बढ्यो
nepalviews.com · Mon Jun 22 02:26:49 GMT 2026

इनरुवा । कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/ ८३ मा जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन् । आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये चार हजार ५३५ महिला र चार हजार ५३५ पुरुष गरेर नौ हजार ७० जना नेपाली पर्यटकले आरक्षको भ्रमण गरेको उनले बताए ।
त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन् । (सार्क) मुलुकबाट तीन जना महिला र २२ जना पुरुष रहेका छन् । सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले आरक्षको भ्रमण गरेको आरक्षका पौडेलले बताए । सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले पर्यटकमा ४४ जना महिला र १०३ जना पुरुषले आरक्षको अवलोकन गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)