सातौं राष्ट्रिय फेन्सिङमा सोयब र अनितालाई स्वर्ण
onlinekhabar.com · Sat May 30 17:14:26 GMT 2026
१६ जेठ, काठमाडौं । बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जितेका छन् । सोयबले सिनियर पुरुष इपी र अनिताले सिनियर महिला फोयलमा स्वर्ण पदक जितेका हुन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शनिबार भएको सिनियर पुरुष इपीमा सोयबले एपीएफका जंग गिरीलाई पराजित गर्दै स्वर्ण पदक पक्का गरेका थिए । गण्डकी प्रदेशका प्रशान्त गुरुङ र एपीएफका सुकीराम तामाङले कांस्य पदकमा चित्त बुझाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)