पोखराका होटेल पाहुनाले भरिभराउ
nepalnews.com · Sun May 31 02:14:29 GMT 2026

गण्डकी । एकातिर गर्मी छल्न आएका भारतीय पर्यटक अर्कातिर चारदिन लामो सार्वजनिक बिदा परेकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको छ । लेक साइडलगायत क्षेत्रका होटेल बिहीबारयता पाहुनाले भरिभराउ छन् । होटेल संघ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले यसबीचमा होटेलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको बताए ।
“बिहीबारदेखि आइतबारसम्म बिदा परेका कारण पोखरा घुम्न आउनेको सङ्ख्या बढेको छ, यति बेला भारतीय पर्यटकको आगमन बढेको छ”, उनले भने, “पोखरासँगै आसपासका गन्तव्य स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।” चैतदेखि जेठसम्मको समयलाई पदयात्राका लागि पनि उपयुक्त मानिन्छ । यो दोस्रो मुख्य पर्यटकीय याम पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)