नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
rajdhanidaily.com · Thu Jun 04 11:10:14 GMT 2026

नेपालगञ्ज । नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगञ्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन्।
नेपालगञ्ज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीका लागि पानी पिउने व्यवस्था सुरु गरिएको जानकारी दिए। सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका बोतल पुनःप्रयोग गरी विभिन्न स्थानमा चराचुरुङ्गीका लागि पानी राख्ने भाँडो तयार गरेर चराचुरुङ्गीलाई पानी दिन थालिएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)