प्रधानमन्त्री शाहलाई भारतको जवाफ: नेपाल-भारतको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका छैन
barnanmedia.com · Tue Jun 02 15:09:27 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा भारतसँगको सीमा विवादबारे आइतबार दिएको अभिव्यक्तिमाथि भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।
मंगलबार भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले नेपालसँगको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै पनि भूमिका नरहने स्पष्ट गरेका हुन् । प्रधानमन्त्री शाहले संसदमा लिपुलेक बारे बेलायतसँग कुरा गर्नुपर्ने बताएको प्रति संकेत गर्दै प्रवक्ता जयसवालले भने- ‘सबै सम्बन्धित पक्षलाई यो स्पष्ट हुनुपर्छ, भारत र नेपालबीच जे पनि द्विपक्षीय मामिला छन्, त्यसमा तेस्रो पक्षको कुनै भूमिका छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)