गोरखा संग्रहालयमा ऐतिहासिक सम्पदाको फोटो प्रदर्शनी
gorkhapatraonline.com · Thu Jun 04 03:19:26 GMT 2026

ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सामग्रीहरूको संरक्षण र प्रदर्शन गर्दै आएको गोरखा संग्रहालयमा हाल देशका विभिन्न महत्वपूर्ण सम्पदाका फोटो प्रदर्शनी सञ्चालन भइरहेको छ । हनुमानढोका दरबार संग्रहालयको आयोजनामा गत शनिबारदेखि सुरु भएको साताव्यापी प्रदर्शनीले विद्यार्थी तथा सर्वसाधारणको आकर्षण बढाएको छ ।
गोरखा संग्रहालयको प्राङ्गणमा राखिएको प्रदर्शनीमा नेपालका प्राचीन तथा मध्यकालीन इतिहास झल्कने ५० भन्दा बढी तस्बिरहरू प्रदर्शन गरिएको गोरखा दरबार संग्रहालयका प्रमुख जय नारायण कार्कीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)