नेपाली कांग्रेस बाराका सभापति निलम्बित
ratopati.com · Thu Jun 04 11:52:31 GMT 2026

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ । गत फागुन २१ गते भएकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेलेको र अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बिहीबार बसेको बैठकले यादवलाई अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदको कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)