स्वार्थ र प्रभावमा नपरी आफ्नो गरिमा बचाउन प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन
lokpath.com · Sat Nov 19 13:11:07 GMT 2022
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले नेपालको संविधान, प्रचलित ऐन, कानुन, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्न पनि सम्बन्धित निकायहरु र पक्षहरुलाई निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)