बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
nagariknews.nagariknetwork.com · Mon Jul 20 01:59:42 GMT 2026

बागमती विश्वविद्यालयअन्तर्गत स्नातक तहका विभिन्न विषयमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद यही साउन ८ गतेसम्म थपिएको छ।
यसअघि असार मसान्तसम्म मात्रै भर्नाका लागि आवेदन दिन सकिने व्यवस्था थियो। कतिपय विद्यार्थीको कक्षा १२ को ‘ट्रान्सक्रिप्ट’ बन्न ढिलाइ भएको भन्ने गुनासो आएसँगै आवेदन भर्ने म्याद थप गरिएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज)का अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)