मतदानस्थलको संवेदनशिलताका आधारमा विशेष सुरक्षा योजना
karobardaily.com · Thu Nov 17 01:00:00 GMT 2022
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुलुकका चारै सुरक्षा अंगलाई प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्न विशेष सुरक्षा योजना तयार भएको छ । गृह मन्त्रालयबाट तयार भएको उक्त योजनाबारे निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा थप छलफलसहित निर्णय भएको छ ।
निर्वाचनको मिति घोषणापछि हालसम्म उक्त समितिका तीन वटा बैठक सम्पन्न भएका छन् । सुरक्षाको विशेष योजनामा २० रणनीति रहेको र सोहीअनुसार क्रियाकलाप, समय तालिका, जिम्मेवार निकाय, समन्वय र अनुगमन निकायको स्पष्ट जिम्मेवारी तोकिएको छ । मतदानस्थलको संवेदनशीलताको सुरक्षा विश्लेषणका आधारमा वर्गीकरण गरिएको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले स्पष्ट जिम्मेवारी, समन्वय र प्रभावकारितामा जोड दिइएको जनाउँदै केन्द्रीय सुरक्षा समितिका साथै जिल्ला सुरक्षा समिति र संयुक्त कमाण्ड पोष्ट, म्यादी प्रहरीका संयन्त्र खडा गरी सुरक्षासम्बन्धी सूचना संकलन र विश्लेषण गर्ने, घुम्ती तथा निगरानी टोली परिचालित हुने व्यवस्था गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)