अनलाइन श्रमस्वीकृतिमा समेत बिचौलियाको बिगबिगी
karobardaily.com · Thu Nov 17 02:15:00 GMT 2022
सरकारले सबै प्रकारका श्रमस्वीकृतिलाई पूर्णरुपमा ‘फेस र पेपर लेस’ गरे पनि श्रमस्वीकृति सेवामा फेरि बिचौलियाको भीड लाग्न थालेको छ । अनलाइन आवेदनका क्रममा समस्यामा परेर कार्यालय गएका युवालाई प्रलोभनमा पार्न कार्यालयभित्रै बिचौलिया प्रवेश गरी भीडभाड गर्न थालेका हुन् ।
श्रमस्वीकृतिका क्रममा प्राविधिक समस्या परेर वैदेशिक रोजगार कार्यालय ताहाचल पुगेका युवालाई बिचौलियाले विभिन्न प्रलोभनमा पारेर पैसा असुल्ने गरेका छन् । श्रमस्वीकृति सेवा कार्यालयमा उपस्थित नभई अनलाइनमार्पmत नै गर्न सकिने भए पनि उडान मितिभन्दा पछि श्रमस्वीकृतिको टोकन प्राप्त गरेका युवालाई बिचौलियाले विभिन्न बहानामा पैसा असुल्ने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै गरेको आकस्मिक अनुगमनमा कार्यालयभित्रै बिचौलिया बस्ने र समस्यामा परेका युवालाई भ्रममा पार्ने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले श्रमस्वीकृतिको टोकन तोकिएको मितिभन्दा पहिला गराउन भन्दै बिचौलियाले कार्यालयभित्रै पसेर कर्मचारीको कामलाई बाधा गर्ने गरेको पाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)