एउटै मञ्चमा देखिए चार पूर्वप्रधानमन्त्री
baahrakhari.com · Sun Jun 28 08:59:07 GMT 2026

काठमाडौं । चार पूर्वप्रधानमन्त्री आइतबार (असार १४) एउटै मञ्चमा देखिएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेकपाका नेता झलनाथ खनाल एउटै मञ्चमा उपस्थित भएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा यी चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)