निर्वाचनको ‘मतगणना’ सरल र सहज हुने
lokpath.com · Sat Nov 19 13:00:05 GMT 2022
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार हुने निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरुपमा हुने विश्वास गरिएको छ । स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको प्रकृति र आकार सानो भएकाले मतगणनामा अलमल नहुने काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।
उनले भने, ‘हरेक निर्वाचन क्षेत्रअनुसार उम्मेदवार सङ्ख्याका आधारमा मतपत्र छपाई भएको छ, त्यसकारण यस पटकको मत गणना स्थानीय तहभन्दा सरल र सहज हुनेछ ।’ स्थानीय तहका लागि तयार गरिएको मतपत्रको आकार ठूलो थियो । निर्वाचन अधिकृतको कार्यालयले आयोगले अनुमान गरेको समयाधिभित्रै सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)