माग प्रमाणीकरणमा नयाँ व्यवस्था
ratopati.com · Thu Jul 30 05:49:34 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ। साउन १३ गते गरिएको मन्त्री स्तरीय बैठकले सो निर्णय गरेको हो ।
सो निर्णयअनुसार अबदेखि वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, काम कम्पनीभित्र (इनडोर) वा कम्पनी बाहिर (आउटडोर) कुन प्रकारको हो भन्ने स्पष्ट खुलाउनुपर्नेछ । यदि दुवै प्रकारका काम गर्नुपर्ने अवस्था भए दुवैको कार्य समयसमेत उल्लेख गरी प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)