सरकारसँग १९ बुँदे सहमतिपछि नर्स रानाभाटले तोडिन् अनशन
shilapatra.com · Wed Aug 05 06:31:00 GMT 2026

विभिन्न माग राखेर एक सातादेखि वीर अस्पतालमा अनशन बसेकी नर्स अभियन्ता ज्योति रानाभाटसँग सरकारले गएराति १९ बुँदे सहमति गरेको छ । सहमतिसँगै रानाभाटले अनशन तोडेकी छन् ।
नर्सिङ शिक्षा गुणस्तरीय हुनुपर्ने, जागिर सुनिश्चित हुनुपर्ने र तहअन्तर्गत पारिश्रमिकसहितका १५ बुँदे माग राखेर अनशन गरेकी थिइन् । भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद् निर्माण, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक सेवा तथा सुरक्षित स्वास्थ्य प्रणाली हुनुपर्ने माग उनको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)