आयल निगमको मूल्य स्थिरिकरण कोष रित्तियो, ग्यासको बढ्दो माग धान्न भारतबाट थप आपूर्ति
aarthiknews.com

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागेपछि नेपाल आयल निगमले पनि महँगो मूल्यमा इन्धन आयात गर्नुपरेको छ। तर, त्यसको पूर्ण भार उपभोक्तामाथि नपरोस् भन्ने उद्देश्यले निगमले मूल्य स्थिरीकरण कोष प्रयोग गर्दै इन्धनको मूल्य तुलनात्मक रुपमा नियन्त्रणमा राख्दै आएको छ। यही प्रयोजनका लागि निगमले हालसम्म मूल्य स्थिरीकरण कोषबाट करिब १९ अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ। यससँगै कोषमा अब करिब ३ अर्ब रुपैयाँ मात्र मौज्दात रहेको निगमको भनाइ छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार मूल्य स्थिरिकरण कोषमा करिब २२ अर्ब रुपैयाँ रहेको थियो । 'युद्धका कारण तेलको मूल्य बढ्न थालेपछि सुरुमा ७ अर्ब रुपैयाँ र त्यसपछि दुई चरणमा थप रकम गरी करिब १९ अर्ब रुपैयाँ स्थिरिकरण कोषबाट खर्च भइसकेको छ,' ठाकुरले भने । उनका अनुसार निगमको सञ्चित नाफाबाट समेत करिब १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।यसले आयल निगम निकै वित्तीय समस्याबाट चलिरहेको देखिन्छ । यसरी निगमलाई थप वित्तीय भार पर्ने हो संस्था धरासायी हुने अवस्था पनि आउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)