घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
shilapatra.com · Wed Aug 05 12:55:51 GMT 2026

कर्मचारी सञ्चय कोष सुर्खेत शाखाले आर्थिक वर्ष २०८२/८३ मा झण्डै ९८ करोड रुपैयाँ बराबरको सापटी प्रवाह गरेको छ । ६३ करोड विशेष सापटी प्रदान गरेको कोषले घर तथा जग्गाको धितोमा घर निर्माण¸ घर मर्मत¸ जग्गा तथा घर खरिदलगायतका सापटीको लागि ३५ करोड ऋण प्रवाह गरेको जनाएको हो । यस आर्थिक वर्षमा १७३७ सञ्चयकर्ताले उक्त रकम उपभोग गरेका हुन् ।
यस अवधिमा सुर्खेत शाखाले कोष रकमको धितोमा ६३ करोड रकम बराबरको विशेष सापटी प्रदान गरेको छ । यस्तै घर जग्गा निर्माण तथा खरिदको लागि १२८ जनाले ३५ करोड बराबरको ऋण सुविधा उपभोग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)