प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी
ratopati.com · Fri Aug 07 05:28:50 GMT 2026

बुटवल । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।
सरकारी लेटरप्याड दुरुपयोग गरेको तथा सार्वजनिक क्षेत्रमा पोखरी निर्माण गरेको आरोपमा परेको उजुरीका आधारमा जिल्ला अदालत नवलपरासीले साउन २० गते पक्राउ अनुमति दिएको खुलेको हो। यद्यपि, उनी हालसम्म पक्राउ परेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)