कार्यदलको प्रतिवेदन सम्पादन गरेर सिधै केन्द्रीय समितिमा लैजाने ओलीको योजना, पाेखरेल असहमत
nepalpress.com · Sun Aug 09 13:21:46 GMT 2026

रुपन्देही । नेकपा एमालेलाई पुनर्गठन गर्ने विषयमा आवश्यक सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पारिसक्दा पनि न कार्यदलको, न त केन्द्रीय सचिवालयकै बैठक बस्न सकेको छ । यस्तो गतिरोध अन्त्य गर्नुपर्ने भन्दै शनिबार राति अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका महासचिव शंकर पोखरेलसँग ओलीले कार्यदल र सचिवालयका बैठक नराखी एकैचोटि केन्द्रीय कमिटी बैठक राख्ने भनेका छन् ।
पोखरेलले भने अध्यक्षलाई सम्मान गर्दै आफूले तयार पारेको प्रतिवेदन अध्ययन गर्नमात्रै दिएको भनेका थिए । तर, उक्त प्रतिवेदन नै सम्पादन गरेर ओलीले केन्द्रीय कमिटीमा लैजाने र बहुमतबाट पारित गराउन चाहेको स्रोतको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)