४६ वर्षीय पुरुषको हत्या अभियोगमा १९ वर्षीय युवक पक्राउ
nagariknews.nagariknetwork.com · Sun Aug 09 13:29:55 GMT 2026

सोलुदुधकुण्ड नगरपालिका–११ गन्जे डाँडामा ४६ वर्षीय तोई बहादुर कटवालको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले १९ वर्षीय भुवन सिंह कार्कीलाई पक्राउ गरेको छ। सोही नगरपालिकाको राम्पा बस्ने रोशन भन्ने भुवन सिंहलाई आइतबार बिहान प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
कटवाल शनिबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। घटनाको शंकास्पद प्रकृतिपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)