‘केएमसी जब फेयर–२०२६’ सम्पन्न, १५० भन्दा बढी विद्यार्थी रोजगारीमा छनोट
kendrabindu.com · Tue Aug 11 07:42:33 GMT 2026

काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी), बागबजारमा आयोजित ‘केएमसी जब फेयर–२०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थी तथा युवालाई रोजगारदातासँग प्रत्यक्ष जोड्ने उद्देश्यले आयोजित रोजगार मेलामा ४७ ओटा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो।
केएमसी नेटवर्कअन्तर्गतका कलेज तथा अन्य शैक्षिक संस्थाबाट स्नातक तथा स्नातकोत्तर तह अध्ययनरत र अध्ययन सम्पन्न गरेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको मेलामा उल्लेख्य संख्यामा विद्यार्थी तथा युवा सहभागी भएका थिए। सहभागीहरूले विभिन्न कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष अन्तर्वार्ता, करियर परामर्श तथा रोजगारीका अवसरबारे जानकारी प्राप्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)