अनधिकृत संरचना सात दिनभित्र हटाउन आयोजनाको आग्रह
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
ललितपुर। ललितपुरको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका भौतिक संरचनाहरू सात दिनभित्र आफैँ हटाउन सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको छ।
जिल्ला आयुक्तको कार्यालयअन्तर्गत रहेको यस आयोजनाको व्यवस्थापन उपसमितिको बैठकले गत असार ३१ गते स्वीकृत गरेको नक्सा तथा लेआउटअनुसार ए, बी र डी ब्लकको बीचबाट कायम गरिएको ६ मिटरको बाटो फिल्डमा समेत कायम गरी ढलान गर्नुपर्ने भएपछि आयोजनाले साउन २६ गते सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)