‘देउवाको नेतृत्वमा महाधिवेशनमा जान तयार भए मात्रै गगनसँग सहमति हुन्छ’
nepalpress.com · Wed Aug 12 12:23:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले आज पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न घरमै पुगे। चुनदेवीमा सम्पर्क कार्यालय खोल्नदेखि सर्वोच्च अदालतमा निवेदन दिनसम्म अग्र स्थानमा देखिएको नेता खड्का राष्ट्रिय भेलाको तयारी छलफलमा सहभागी छैनन्। आजको भेटमा देउवा समूहका नेता एनपी साउद पनि सहभागी थिए।
गल्फुटारमा पुगेर कोइरालालाई खड्काले भेलामा आउने जवाफ दिएका छन्- उनको शर्त थियो पार्टी विभाजनमा जान नहुने । सर्वोच्चले निस्सा दिएपछि खड्काले पार्टी एकताको वातावरण बनेको प्रतिक्रिया दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)