बीभी नेपालको नाममा अर्बौं लुट्ने नयाँ अनलाइन ठगी धन्दा, लगानी नगर्न साइबर ब्युरोको चेतावनी
techpana.com · Wed Aug 12 13:23:03 GMT 2026

काठमाडौं । डिजिटल वित्तीय साक्षरताको अभाव र छिट्टै धनी बन्ने महत्त्वाकाङ्क्षाको फाइदा उठाउँदै एउटा अन्तर्राष्ट्रिय गिरोहले बीभी नेपाल (BV Nepal) नामक प्लेटफर्ममार्फत नेपालीहरूको करोडौँ रुपैयाँ ठगी गरिरहेको फेला परेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार एक विशेष सूचना जारी गर्दै यस प्लेटफर्मलाई अनलाइन स्क्याम (Online Scam) को रूपमा व्याख्या गरेको छ र आम नागरिकलाई यसमा लगानी नगर्न कडा चेतावनी दिएको छ ।
बीभी नेपाल कुनै वैध व्यवसाय नभई एउटा सुनियोजित पोन्जी स्किम हो । यो ठगी धन्दा विशेष गरी फेसबुक र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालबाट सुरु हुन्छ, जहाँ 'घरमै बसेर दैनिक आम्दानी गर्नुहोस्' भन्ने आकर्षक विज्ञापन देखाएर प्रयोगकर्ताहरूलाई विभिन्न ह्वाट्सएप ग्रुपहरूमा जोडिन लगाइन्छ । टेकपानाको अनुसन्धानका क्रममा BV Business Group 158 र Group 160 जस्ता अनेकौँ ह्वाट्सएप ग्रुपहरू सक्रिय रहेको र एउटै ग्रुपमा १,००० भन्दा बढी सदस्यहरू आबद्ध रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)