गगन र प्रचण्डको एकैस्वर– बालेन सरकार दिशाहीन भयो !
news24nepal.tv · Wed Aug 12 14:20:05 GMT 2026

काठमाडौँ ।
चितवनमा आयोजित रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारलाई ‘एक्सप्रेस वे’मा दगुडिरहेको गाडीसँग तुलना गरेका थिए । स्थानीय सडकमा पो ब्रेक लगाउनुपर्छ, एक्सप्रेस वेमा त गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ,’ भन्दै उनले सरकार आफ्नै गतिमा रहेको र गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने दाबी गरेका थिए । तर, प्रधानमन्त्रीको यो ‘एक्सप्रेस’ भनाइपछि राजनीतिक वृत्तमा व्यंग्य र चिन्ताको बाढी नै आएको छ । विपक्षी दलका नेताहरूले सरकार बिनाब्रेकको गाडीजस्तै अनियन्त्रित दिशातिर कुदिरहेको र जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने भन्दै कडा टिप्पणी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)