अझै खुलेन चुनावताका बन्द भएको नेतालाई मूल्याङ्कन गर्ने अनलाइन प्लेटफर्म ‘रेट माई नेता’
techpana.com · Wed Aug 12 15:52:57 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सरकारले प्रतिबन्ध लगाएको चर्चित अनलाइन प्लेटफर्म ‘ रेट माई नेता ’ निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि अझै खुल्न सकेको छैन । निर्वाचन आयोगको सिफारिसमा नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गराएको उक्त वेबसाइट विगत ६ महिनादेखि प्रतिबन्धको मारमा परेको हो ।
अहिले उक्त वेबसाइट खोल्दा ‘मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले बन्देज लगाएको सामग्री रहेको र नेपालमा दर्ता एवं सूचीकरण नभएको’ सूचना देखिन्छ । निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भई त्यसको औचित्य समाप्त भइसक्दा पनि प्रतिबन्ध कायम राखिएपछि यसलाई फुकुवा गराउन संस्थाका कानुनी सल्लाहकार तथा अधिवक्ता पृथ्वीराज पोखरेलले निर्वाचन आयोगमा औपचारिक कानुनी पहल सुरु गरेका छन् । पोखरेलले आयोगको कार्यालय मार्फत निवेदन दर्ता गराउँदै दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरी प्रतिबन्ध तत्काल फुकुवा गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)