उजुरीका आधारमा पक्राउ परेका हुन् पत्रकार किशोर श्रेष्ठ?
himalpress.com · Thu Aug 13 00:59:24 GMT 2026

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्। उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।
श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)