पाँच महिनाको विदेश बसाइपछि आज नेपाल फर्कंदै देउवा दम्पत्ती
kendrabindu.com · Thu Aug 13 01:37:31 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा आज नेपाल फर्कदै छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला ‘स्वास्थ्य उपचार’ गराउन भन्दै विदेश पुगेका देउवा दम्पत्ती कांग्रेस इतरपक्षको भेलामा समेत सहभागी हुने गरी बिहीबार नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्।
विदेश गएको साढे पाँच महिनापछि उनीहरु स्वदेश फर्किँदै छन्। कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँ अवतरण हुनेछन्। उनको भव्य स्वागत गर्ने तयारी कांग्रेसको देउवा पक्षले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)