रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, दुईजना घाइते
khabarhub.com · Thu Aug 13 02:33:47 GMT 2026

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ– ५ बोटलबाराकी १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् । घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)