सर्वोत्तम सिमेन्टको नाफा १ अर्ब १० करोड, आम्दानी बढेर १० अर्ब २५ करोड पुग्यो
clickmandu.com · Thu Aug 13 03:28:32 GMT 2026

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफा र व्यवसायिक आम्दानी दुवैमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वोत्तम सिमेन्टले १ अर्ब १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७.६८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको बिक्री आम्दानी बढेको छ। अघिल्लो वर्ष ९ अर्ब ५३ करोड रुपैयाँ रहेको बिक्री आम्दानी यस वर्ष बढेर १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)