लाल बकैया नदीमा डुबेर बेपत्ता तेस्रो बालिकाको तेस्रो दिन पनि खोजी जारी
ratopati.com · Thu Aug 13 03:37:08 GMT 2026

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये तेस्रो बालिकाको खोजी कार्य तेस्रो दिन बिहीबार पनि जारी रहेको छ।
मंगलबार दिउँसो नदीमा नुहाउने र पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता भएका थिए। त्यसमध्ये बुधबार बिहान करिब साढे छ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर तल जिङडिया पुल नजिक दुई बालबालिकाको शव फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)