बुबाको निधनपछि मेस्सीको फुटबल करिअर अनिश्चित
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। बुबाको निधनपछि अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले आफ्नो फुटबल करिअरलाई लिएर पहिलोपटक गहिरो शंका व्यक्त गरेका छन्। बुबाको अवसानले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै मेस्सीले अब धेरै लामो समयसम्म व्यावसायिक फुटबल खेलिरहनेमा आफू निश्चित नरहेको बताएका छन्।
बुबा जर्ज मेस्सीको निधनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत एक भावुक सन्देश जारी गर्दै मेस्सीले जीवनभर फुटबल मात्रै खेल्दै आए पनि अबको भविष्यलाई लिएर थुप्रै अन्योल पैदा भएको बताएका छन्। उनले भनेका छन्, “मैले अहिलेसम्म फुटबल मात्र खेलेँ र अब धेरै लामो समयसम्म खेलिरहन्छु कि रहन्नँ भन्नेमा धेरै शंका छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)