थबाङ पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो, ९ जना बेपत्ता
nepalnews.com · Thu Aug 13 04:37:31 GMT 2026

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। घटनामा नौ जना बेपत्ता भएका छन् भने दुई जना गम्भीर घाइते भएका छन्।
बुधबार राति करिब ८ः४० बजे अविरल वर्षासँगै आएको पहिरोले स्थानीय कमलबहादुर पुनमगरको घरसहित ६ वटा घर तथा गोठ पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पहिरोमा मानिससँगै पशुचौपाया पनि पुरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)